
नेपाल सम्वत् ११४४, गुँल्लाथ्वः २ (२२ साउन, २०८१) मंगलबार, बाँपीझ्याला । नेवाः देय् दवु केन्द्रिय समिती र झीपुचः विराटनगर विच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । झीपुचः विराटनगरको अध्यक्ष भविनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा नेवाः देय् दवुका केन्द्रीय अध्यक्ष पवित्रा बज्राचार्यको प्रमुख आथित्यता संगै पदाधिकारी र केन्द्रीय समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसरी विराटनगरमा सम्पन्न एकदिने अन्तरक्रिया कार्यक्रममा नेपालका नेवार समुदाय र खलः पुचहरुलाई एकक्रित कसरी एकत्रित पार्न सकिन्छ छ ? र यसलाई कसरी मजवुद बनाएर अगाडी बढ्न सकिन्छ ? भन्ने बारेमा दवु र झीपुचःको विचमा व्यापक छलफल गरिएको थियो ।
छलफल पश्चात नेवार जाती र खलः पुचहरु एकै ठाउँमा एकत्रित भई अगाडी बढ्नु पर्ने निर्कोल निकालिएको थियो । यसरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछी झीपुचः विराटनगरको तर्फबाट रात्रीभोजको आयोजना संगै विदाई गरिएको थियो ।


उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई झीपुचःका कोषाध्यक्ष सञ्जु शाक्य र महिला सदस्य जिना श्रेष्ठले माला रुद्राक्ष लगाएर स्वागत गर्नु भएको थियो ।