Search

नेपाल र भारतमा रहेका नेवारी संस्कृती, परम्परा अध्ययन अनुसन्धान गर्न समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतमा रहेका नेवारी संस्कृती, परम्परा अध्ययन अनुसन्धान गर्न समझदारी पत्रमा हस्ताक्षर

नेपाल सम्वत् ११४४, गुँल्लाथ्वः २ (२२ साउन, २०८१) मंगलबार, बाँपीझ्याला । नेवाः देय् दवु केन्द्रिय समिती र भारतमा रहेको अखिल नेवार भारत संगठनले झापामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

यसरी नेपालका नेवार समुदायलाई एकक्रित गर्दै आएका नेवाः देय् दवु र भारत स्थित नेवार समुदायको संस्कृतिको उत्थान गर्दै आएका अखिल नेवार भारत संगठनले नेपाल सम्वत् ११४४ दिल्लागाः चहे (१९ साउन २०८१, ३ अगष्ठ २०२४ का दिन झापामा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै नेपाल र भारतमा रहेका नेवार समुदायको संस्कृती र परम्पराको बारेमा अध्ययन अनुसन्धान र सहकार्य गर्नको लागि दुवै संस्थाको तर्फबाट समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरीएको छ ।

उक्त समझारी पत्रमा नेवाः देय् दवुको तर्फबाट अध्यक्ष पवित्र बज्राचार्य र अखिल नेवार भारत संगठनको तर्फबाट अध्यक्ष सुर्यनारायण प्रधानले हस्तारक्षण गरिएको हो ।

यसरी संयुक्त रुपमा आयोजनामा भएको उक्त अन्तरक्रियामा भारत तथा नेपालका नेवार समुदायको बाग्लो उपस्थिति रहेको थियो । नेवाः देय् दबुका अध्यक्ष पवित्रा बज्राचार्यको अध्यक्षतामा सञ्चालन भएको उक्त अन्तरक्रिया कार्यक्रममा अखिल भारतीय नेवार संगठनका अध्यक्ष सुर्यनारायण प्रधानको प्रमुख अध्यक्षता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा नेवाः देय् दवुका अन्तर्राष्ट्रिय प्रमुख दिने शाक्यले स्वागत भाषण गर्नुभएको थियो । यसैगरी नेवाः देय् दवुका केन्द्रीय महासचिव सत्यनारायण डंगोलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाल र भारतमा रहेका नेवार समुदायको विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । यसरी कार्यपत्र प्रस्तुत गर्नेमा नेपालको तर्फबाट स्वःनिग प्रदेश उपाध्यक्ष उमेश स्थापितले प्रस्तुत गर्नुभएको थियो । भारतको तर्फबाट अखिल भारतीय नेवाः संगठनका महासचिव श्यामप्रधानले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा नेवार समुदायको संगठनको अवस्था र सांगठनिक गतिविधिको बारेमा जानकारी गराइएको थियो ।

यसै गरी एक दिने अन्तरक्रिया कार्यक्रम संगै नेवाः देय् देबु को पाँचौं केन्द्रीय समितिको विस्तारीत बैठक नेपाल सम्वत् ११४४ दिल्लागाः चहे, दिल्लागा १५ (१९–२० साउन २०८१ विर्तामोडमा शनिबार सम्पन्न भएको छ ।

विस्तारीत बैठकले आर्थीक प्रतिवेदन, बार्षिक प्रतिवेदन सर्वसम्मतीले पास गरिएको छ । यसरी बार्षिक प्रतिवेदन पास गर्नुका साथै आगामी २०८१ कार्तिकसम्ममा वडा अधिवेशन, मंसिरसम्ममा पालीका अधिवेशन, पुषसम्ममा जिल्ला अधिवेशन र माघसम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।
यसरी प्रवेश अधिवेशन सम्पन्न भए पश्चात बार्षिक अधिवेशनको मिती तय गरिने छ भनी महासचिव सत्यनारायण डंगोलले बताउनु भयो ।

नेवाः देबु झापा जिल्लाका अध्यक्ष रत्नकुमार श्रेष्ठ नेतृत्वमा जिल्ला शाखा झापाको व्यवस्थापन, नेवाः देय् दवु विर्तामोड र पासामुना पुचःको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!