Search

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी ‘नन्‌ग्रेडेड’

कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी ‘नन्‌ग्रेडेड’

नेपाल सम्वत् ११४४, दिल्लागाः १३(१८ साउन, २०८१) शुक्रबार, बाँपीझ्याला । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्‌ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् ।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।

ग्रेडेड

२.८१ देखि ३.२० जीपीए : ७८ हजार ७५

२.४१ देखि २.८० जीपीए : ६१ हजार ३६

३.२१ देखि ३.६० जीपीए : ४६ हजार ८ सय ९३

३.६१ देखि ४ जीपीए : ९ हजार ५ सय ९१

२.१ देखि २.४० जीपीए : ८ हजार २ सय ४०

१.६१ देखि २ जीपीए : १२

कुल : २ लाख ३ हजार ८ सय ४७

नन्‌ग्रेडेड

१ लाख ८७ हजार ०२१

कुल परीक्षामा सहभागी : ३ लाख ९० हजार ८ सय ६८

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!