Search

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

नेपाल सम्वत् ११४४, दिल्लागाः ११ (१६ साउन, २०८१) बुधबार, बाँपीझ्याला । मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजेर ५० मिनेटमा धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुई जना एयर होस्टेजमध्ये एकलाई जिस्क्याएका थिए । सो घटनाबारे पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!