Search

समाजसेवी माया बैद्यद्वारा बौद्धिक तान्त्रीक विधीबाट दोलखा भीमेश्वरमा क्षमा पूजा (भिडियो)

समाजसेवी माया बैद्यद्वारा बौद्धिक तान्त्रीक विधीबाट दोलखा भीमेश्वरमा क्षमा पूजा (भिडियो)

नेपाल सम्वत् ११४४, दिल्लागा ११, (१६ साउन २०८१) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा श्री भीमेश्वरमा यहि श्रावण ५ गते र ९ गते पसिना आएको थियो । राष्ट्रप्रमुख सम्माननिय रामचन्द्र पौडेलबाट सरकारको तर्फबाट यहि ११ गतेको शुभ साइतमा क्षमापूजा सम्पन्न भैसकेको छ ।

यसै गरी आज नेपाल सम्बत ११४४ दिल्लागाः श्रावण कृष्ण पक्ष एकाशी २०८१ श्रावण १६ गते शुभ साइतमा ललितपुर लगनखेल निवासी साहित्यप्रेमी एवं संस्कृतिविद् दिवंगत करुणकर वैद्यका नातिनी युवा समाजसेवी माया वैद्यबाट क्षमा पूजा गरिन्दैछ ।

काठमाडौँ श्री कालभैरवका पूजारी जामना गुभाजु श्री विरनवज्र वज्राचार्यबाट बौद्धतन्त्र विधिअनुसार दोलखा श्री भीमेश्वरमा जगत कल्याणका निमित्त क्षमापूजा गर्नु हुर्दैछ भनी गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो । जय भीमेश्वर सवैको कल्याण होस् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!