नेपाल सम्वत् ११४४, दिल्लागाः ९ (१४ साउन, २०८१) सोमबार, बाँपीझ्याला । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले विभिन्न देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकपछि सञ्चार माध्यमसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिनु भएको हो ।
सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, पाकिस्तान, पोर्चुगल, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनीका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको छ ।