Search

स्वर्ग जस्तै सुन्दर मेरो देश

स्वर्ग जस्तै सुन्दर मेरो देश

स्वर्गजस्तै सुन्दर छ मेरो देशको कुनाकुना
दश प्लस दुईको लाईसेन्स् बोकी बिदेशतिर दैडिए हाम्रा देशका मुना ।

स्वदेशमै उद्यमशीलता, स्वरोजगारी खोजीरहेछन् हाम्रा ती मुना
अवसर पाए पौरखी हातले फेरिदिन्छन हर कुनाकुना ।

अमूल्य बहुभाषा बहुधर्म बहुजाति छन् फूलसरी रङ्गरङ्ग
हेर्दा पनि तराई पहाड हिमाल जहाँ जाउँ बढ्छ ज्यादै उमङ्ग ।

संसारका मानिस हाम्रो स्वाभिमानीदेखि पर्नेगर्छन् दङ्ग
बिदेश जाने युवा लहरको छिट्टै हुनुपर्छ भङ्ग ।

डाँफे, मुनाल, कोइलीले वनमा गीत गाउँदा
हामी त्यसै खुसी हुनेछैं युवा विदेश नधाउँदा ।

नेपाल हाम्रो मातृभूमि आमा सामान हुन्छ
देशको लागि काम गर्ने युवामहान हुन्छ ।

नेपाली हौ हामी सब नेपालको इज्जत गर्नु पर्छ
हामी सबै मिलिजुली देशलाई सम्वृद्ध बनाउनु पर्छ ।

देश सबै नेपालीको टुक्र्याएर हुन्न अंशबण्डा
नेपालीलाई विदेशमा बेच्ने नचलाउ है धन्दा ।

डा. जानुका न्यौपाने

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!