Search

गोरखामा पहिरो जाँदा एक घर पुरियो, ५ जना बेपत्ता

गोरखामा पहिरो जाँदा एक घर पुरियो, ५ जना बेपत्ता

नेपाल सम्वत् ११४४, दिल्लागाः ८ (१३ साउन, २०८१) आईतबार, बाँपीझ्याला । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन् । आज बिहान करिब ३ बजेतिर गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।

पहिरोले घर र कृषि फार्म पुरिएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!