Search

आज प्रतिनिधिसभाको बैठक बस्दैछ

आज प्रतिनिधिसभाको बैठक बस्दैछ

नेपाल सम्वत् ११४४, दिल्लागाः ८ (१३ साउन, २०८१) आईतबार, बाँपीझ्याला । आज प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

यस्तै, आजैको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!