Search

दोलखा भीमेश्वरमा क्षमा पूजा गरिएको महाप्रसाद राष्ट्रपती पौडेलद्वारा ग्रहण

दोलखा भीमेश्वरमा क्षमा पूजा गरिएको महाप्रसाद राष्ट्रपती पौडेलद्वारा ग्रहण

नेपाल सम्वत् ११४४ दिल्लागाः ७, शनिबार (१२ साउन, २०८१) बाँपीझ्याला, दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरमा पसिना आएपछि हिजो ११ गते शुक्रबार क्षमा पूजा गरिएको छ ।

उक्त क्षमा पूजाको “महाप्रसाद” लिएर दोलखा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विकल श्रेष्ठ र दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठको नेतृत्वमा राष्ट्रपती कार्यालय शितल निवासमा आज पू¥याईएको महाप्रसाद राष्ट्रपती रामचन्द्र पौडेलबाट ग्रहण गर्नु भएको छ ।

जसमा गुठी व्यवस्थापन समितीका उपाध्यक्ष एवं पुर्व भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ र सचिव राजेन्द्रनारायण श्रेष्ठको उपस्थिती रहेको थियो ।

यसै गरी क्षमापूजा गरिएको भीमेश्वर भगवानको महाप्रसाद भद्रकाली स्थित नेपाली जंगी अड्डाका प्रमुख प्रधान सेनापती महारथी प्रभुराम शर्मा र प्रहरी प्रधान कार्यालय नक्साल स्थित प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक पू¥याएको छ भनी गुठी व्यवस्थापन समितीमा अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

यस पटकमा क्षमा पूजा गरिएको महाप्रसाद गृह मन्त्रालय स्थित सचिव एकनारायण अर्याललाई पनी पू¥याईएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

२०८१ साल साउन ५ गते शनिबार भीमेश्वरको शिलामा दिउँसो १ः४७ बाट पसिना आउन सुरु भएर ३ः५१ मा रोकिएको थियो । लगतै ३ः५१ पछि एकैछिन रोकिएर फेरि आउन सुरु गरेको पसिना ४ः१५ मा रोकिएको थियो । यसै गरी एक हप्ता नपुग्दै २०८१ साल साउन ९ गते बुधबार पनि दिउँसो १२ः४५ देखि ३ः१५ सम्म पसिना आएको थियो ।

यसरी दोलखा भीमेश्वरमा एक हप्ताभित्र नै तीन पटक पसिना आएपछि संकट टार्नका लागि हिजो ११ गते शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको थियो ।

यसरी राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्री र जनताको तर्फबाट भीमेश्वरमा शुक्रबार बिहान ८ः३० बजेबाट क्षमा पूजा गरिएको थियो । सरकारका तर्फबाट राष्ट्रपति कार्यालयबाट उपसचिव, प्रमुख जिल्ला प्रशासन अधिकारी, जनताकातर्फबाट भीमेश्वर नगरपालीकाका प्रमुख ईस्वरनारायण मानन्धर, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष नविनकुमार लामा, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा नागरिकहरूको प्रतिनिधीहरुबाट क्षमा पूजा गरिएको हो ।

साउन ५ गते शनिबार सुरुमा शिलाको बायातर्फबाट पसिना आउन सुरु गरेकोमा पछि शिलाको बीचबाट पसिना आएको थियो भने बुधबार सबैतिरबाट पसिना आएको थियो भनी गुठी व्यवस्थापनका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बायाँ पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहँदै आएको छ ।

शिलामा पसिना आउँदा शुभ या अशुभ दुवै खाले प्रभाव पर्न सक्ने मन्दिर गुठी व्यवस्थापन समितिका सचिव श्रेष्ठको भनाइ छ । भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’ राष्ट्रपति कार्यालयमा गत आइतबार साउन ६ गते जिल्ला प्रशासन कार्यालयका प्रशासकिय प्रमुख विकल श्रेष्ठ र गुठी व्यवस्थापन समतिका अध्यक्ष भरतबहादुर श्रेष्ठको नेतृत्वमा व्यवस्थापन समितिका पदाधिकारीसहित १० जना राष्ट्रपति कार्यालयमा पुगेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment