आज शनिवारको विशेष : अधिवक्ता रामदेवी श्रेष्ठ (रानु)
दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. २ डोक्छे बा प्रेमबहादुर श्रेष्ठ आमा शोभा श्रेष्ठको कोखबाट वि.सं. २०४८ साल असार २८ गते जन्मनु भएकी रामदेवी श्रेष्ठ (रानु) कान्छी छोरी हुन ।
श्री बालमन्दिर प्राथमिक विद्यालयबाट आफ्नो अध्ययन कक्षा ३ सम्म पुरा गरी कक्षा ४ देखि भीम माध्यमिक विद्यालयमा अध्ययन गरी वि.सं. २०६२ सालमा एस.एल.सि. पास गरी वि.सं. २०६५ सालमा दश प्लस दुई १२ कक्षासम्मको अध्ययन पुरा गर्नु भयो ।
यसै गरी काठमाण्डौ लैनचौर स्थित सरस्वती बहुमुखी क्याम्पसबाट वि.सं. २०६८ सालमा बाणिज्य शास्त्रमा स्नातक गर्नु भएको हो । वि.सं. २०७२ सालमा शंकरदेव क्याम्पसबाट बाणिज्य शास्त्रमा स्नाकोत्तर गर्नु भएकी श्रेष्ठले वि.सं. २०७९ सालमा नेपाल ल क्याम्पसबाट कानून विषयमा एल.एल.वि गर्नु भएको छ ।
वि.सं. २०७१ साल बैशाख २ गते बैतेश्वर गाउँपालीका वडा नं. ८ सितलवस्ती निवासी नरबहादुर श्रेष्ठ तथा खड्गमाया श्रेष्ठका जेष्ठ सुपुत्र सुब्वा श्रेष्ठसँग प्रेम मागी विवाह बन्धनमा बाँधिन्नु भएकी रामदेवी श्रेष्ठ (रानु) की एक आयुष्मती सुपुत्री शुभश्री श्रेष्ठ छिन् । श्रेष्ठ रामदेवी कुसल गृहणी त छदैछीन् । यसमा पनी कानुनी क्षेत्रमा उत्कृष्ठ महिला कानून व्यवसायी बन्ने लक्ष्य राखेकी छिन् ।
वि.सं. २०८१ साल बैशाख १४ गते विधिवत कानुन व्यवसायीको प्रमाण पत्र हासिल गरिसकेपछी उनी कानून व्यवसायी अधिवक्ताको दर्जा प्राप्त गर्न सफल भएकी छिन् । हाल उहाँ दोलखा चरिकोट स्थित शुभश्री ल फर्ममा व्यवहारी प्रयोगात्मक परिक्षणका साथै दोलखा जिल्ला अदालतमा बहस पैरवी समेत शुरु गरिसकेकी छिन् ।
कानुन व्यवसायी बन्नु भन्दा अगाडी सुर्य विकास बैङ्क चरिकोट, सिंगटीमा जुनिएर एसिष्टेन्टमा रही कार्यसम्पादन गर्नु भएको थियो । यसै गरी भुकम्प पश्चात स्थानिय सामाजिक संस्था Acted INGO मा सुपरिवेक्षक Herd International Pvt Ltd Finance Officer को भूमीका लिएर कार्यसम्पादन गर्नु भएको थियो । यसै गरी चरिकोट बहुमुखी क्याम्पसमा प्राध्यापक थिईन । तर जव उहाँले कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नु भयो । त्यसपछी श्रीमान् सुब्बा श्रेष्ठको सल्लाह अनुसार आफ्नै फर्म शुभश्री ल फर्ममा पेशागत कार्य शुरु गरेको बताउनु हुन्छ ।
कानून व्यवसायी बन्नको लागि विशेषतः श्रीमान् सुब्वा श्रेष्ठ, आमा शोभा श्रेष्ठ, बुबा प्रेमबहादुर श्रेष्ठ, ससुरा बा नरबहादुर श्रेष्ठ तथा सासुमा खड्गमाया श्रेष्ठ र दिदी सिर्जना लगायत परिवारको सदस्यहरु र शुभचिन्तकहरुकोे उत्प्रेरणाबाट कानुन व्यवसायी बन्न सफल भएको स्मरण गर्नु हुदै सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नु भएको छ ।
यसै गरी श्रीमान् सुब्बा श्रेष्ठ जिवनको पथ प्रर्दशक र दिदी सिर्जना प्रेरणाको श्रोत भएको बताउछिन् ।
यसै गरी छोरी शुभश्रीको उत्प्रेरणाबाट गाडी चलाउन सिकेको र यसका पछिल्लो सद्भाव श्रीमान् सुब्बा श्रेष्ठलाई दिनु हुन्छ । आज दोलखा–काठमाण्डौ लगायत देशका अन्य स्थानहरुमा जादा आउँदा आफैले कार, पजेरो लिएर हिड्ने गरेको समेत उहाँले बताउनु भयो ।
यस कुसल कार्यको लागि हामी र हाम्रो बाँपिझ्याला डटकम परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्वल भविष्यको कामना गर्दै धन्यवाद व्यक्त गर्दछौं ।