Search

रामेछाप मन्थलीमा सबै सेवा प्रदायक वडा कार्यालयमा सीसी क्यामरा जडान

रामेछाप मन्थलीमा सबै सेवा प्रदायक वडा कार्यालयमा सीसी क्यामरा जडान

नेपाल सम्वत् ११४४, दिलाथ्व, एकादशी (२ साउन, २०८१) बाँपिझ्याला । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन्। सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ ।

ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए ।

वडा कार्यालयले सो वडाका सबै कार्यालमा क्यामरा जडान गरेको कार्कीले बताए । ३ लाख रुपैँयामा कार्यालयसहित वडा भित्रको निलकण्ठेश्वर मावि कठजोर सहित चारवटा विद्यालय, कठजोर स्वास्थ्य चौकी, पशु सवा कार्यालय, नवनिर्मित कृष्णलाल पार्क लगायतका स्थानमा क्यामरा जडान गरिउको उनले जानकारी दिए ।

सबै कार्यालयका गतिविधि थाहा पाउन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यसले सहयोग पुग्ने कार्कीले विश्वास व्यक्त गरे । सुरक्षाको हिसाबले पनि यसले सहयोग पुग्ने उनको धारणा छ । त्यस्तै सामुदायिक अध्ययन केन्द्र र सहरी स्वास्थ्य केन्द्र टेकानपुर समेत (सिसी) क्यामेराको पूर्ण निगरानीमा रहेको वडा अध्यक्ष कार्कीको भनाई छ । प्रविधिको प्रयोग गर्दै वडाका आम नागरिकहरूलाई सुरक्षित राख्न लागि अब वडा कार्यालयबाटै निगरानी राखिने उनको भनाई छ ।

साथै सबै कार्यालयमा हुने गतिविधिहरूलाई समेत वडाबाटै विशेष निगरानी गर्न सहज भएको छ । विद्यालय तहमा शिक्षक र विद्यार्थीहरूको अब निगरानीको लागि त्यहाँ सम्म धाउन नपर्ने र कमी कमजोरी पनि सजिलै प्रमाण सहित पत्ता लगाउन सहज भएपछि शिक्षकहरू पनि सजग हुने विश्वास लिएको छ ।

वडा भित्रका नागरिकहरुको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्दै आएका युवा वडा अध्यक्ष कार्कीले वडाभित्रका मठ, मन्दिरको संरक्षण, खानेपानीको सहज पहुँचको काम गर्दै आएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment