Search

समकालिन एकता समाज नेपाल दिलशोभा आमाघरमा

समकालिन एकता समाज नेपाल दिलशोभा आमाघरमा

नेपाल सम्वत् ११४४, दिलाथ्व, दशमी, (१ साउन २०८१) बाँपिझ्याला । समकालिन एकता समाज नेपालका अध्यक्ष सकुना श्रेष्ठ मलेकुको संयोजनमा सोल्टीमोड स्थित दिलशोभा आमाघरमा अवस्थित जेष्ठ नागरिक आमाहरुको लागि विहानको खाना तथा खाजा व्यवस्थापनमा सहयोग गरेको छ ।

आज समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा उक्त आमाघरमा बस्नु हुने २२ जना आमाहरुलाई विहानको खाना व्यवस्थापनमा सहयोग गर्नुका साथै खाना पकाउन प्रयोग गरिने ५ वटा खाली ग्यास सिलिण्डरमा ग्यास सहयोग गरिएको छ भनी संस्थाका अध्यक्ष सकुना श्रेष्ठ मलेकुले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।

दिवंगत पूज्यनिय आमा अष्टकुमारी मलेकु श्रेष्ठको सस्मरणमा दिलशोभा आमा घरमा बस्नु हुने जेष्ठ नागरिक आमाहरुलाई सेवा गर्ने अवसर प्राप्त हुँदा आफुलाई शोभाग्यवती सम्झेको रहेको बताउनु भयो । यसरी नै आगामी दिनमा आमाहरुको सेवा गर्ने मौका प्राप्त गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाई रहेको छ ।

संस्था स्थापनाकालदेखि दोलखा भित्र र बाहिर बस्नु हुने असाह्य दिनदुःखीहरुलाई सहयोग गर्दै आईरहेको र सोही क्रममा आज दिलशोभा आमाघरमा बस्नु हुने जेष्ठ नागरिक आमाहरुलाई सहयोग गर्न पाउँदा मन ज्यादै हर्षित हुनुका साथै आनन्दको अनुभव गरिएको उहाँले बताउनु भयो ।

यसै गरी आगामी दिनहरुमा पनी दिनदुःखी र असाह्यहरुको सहयोगको लागि आफु र संस्था प्रतिवद्ध रहेको समेत उहाँले बताउनु भयो । यस कार्यको लागि सम्पूर्ण महानुभावहरुले आ–आफ्नो क्षेत्रबाट संस्थालाई अगाडी बढ्न सहयोग गर्न पनी आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

आज आमाघरमा विहानी खाना व्यवस्थापन सद्भाग राखी प्रत्यक्ष अप्रत्यक्ष आफ्नो सहभागी जनाउनु हुने संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई र शुभचिन्तकमा विशेष धन्यवाद दिनु हुर्दै जेष्ठ नागरिक आमाहरुको सेवामा निरन्तर लागिपरी सहभागी भई सद्भावका साथ सेवामा तल्लीन आमाघरका संचालक समाजसेवी आदरणिय दिलशोभा आमा प्रति हार्दिक आभार सहीत धन्यवाद व्यक्त गर्नु भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment