Search

अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी

अभ्यास खेलमा श्रीलङ्कामाथि नेपाल २ रनले विजयी

११४४ दिल्लाथ्वः १०, मंगलबार, १ साउन , बाँपीझ्याला, काठमाण्डौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम अभ्यास खेलमा नेपालले श्रीलङ्का डेभलपमेन्टलाई २ रनले पराजित गरेको छ। अघिल्ला दुई खेलमा लगातार पराजित भएको नेपालले अन्तिम खेलमा रोचक जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३७ रन बनाउनुभयो भने बिन्दु रावलले २० रन जोड्नुभयो। ११३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का डेभलपमेन्टका लागि भी बालासूर्याले सर्वाधिक ३८ रन जोड्नुभयो भने आर नेथ्रान्जलीले २६ रन बनाउनुभयो। श्रीलङ्का एक बल खेल्न बाँकी हुँदा श्रीलङ्का अलआउट भएको थियो। नेपालका लागि कविता जोशीले तीन विकेट लिनुभयो भने कृतिका मरासिनीले दुई विकेट हात पार्नुभयो। उहाँहरु दुवैजनाले १६–१६ रन खर्चिनुभएको थियो।

पहिलो खेल ३३ रन र दोस्रो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो। अब नेपालले साउन ४ गते यूएईविरुद्ध एसिया कपको पहिले खेल खेल्नेछ। नेपालको रहेको समूह ‘ए’ मा यूएईसँगै भारत र पाकिस्तान छन्। एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ।

समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!