Search

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

११४४ दिल्लाथ्वः ९, सोमबार, ३१ असार , बाँपीझ्याला, काठमाण्डौँ । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ ।

अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए । गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा जीकार्य जारी रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment