Search

राष्ट्रपति पौडेलले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने

राष्ट्रपति पौडेलले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने

नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ८, (२९ असार, २०८१) आइतबार, बाँपिझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

सो आह्वानअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार दाबी पेस गरिसकेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् ।

त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!