नेपाल सम्वत् ११४४ दिल्लाथ्वः ७, (२९ असार, २०८१) शनिबार, बाँपिझ्याला । राष्ट्रिय मानवधिकार सरोकार केन्द नेपालको विस्तारीत बैठक सम्पन्न काठमाण्डौंमा सम्पन्न भएको छ । सरोकार केन्द्रका अध्यक्ष डा. जितबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा पूर्व महान्याधिवक्ता एवं बरिष्ठ अधिवक्ता सरोकार केन्द्रका संस्थापक अध्यक्ष मुक्तीनाराययण प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।
यसै गरी विशेष अतिथीहरुमा सरोकार केन्द्रका पूर्व अध्यक्ष एवं बरिष्ठ अधिवक्ता विश्व प्रकास भण्डारी, पूर्व अध्यक्ष वि.के अर्याल, पूर्व महासचिव नारायण देवकोटा, पूर्व सचिव अधिवक्ता रामसुन्दर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्यहरु अधिवक्ता सन्तोष राउत, धर्म गोविन्द महर्जन, उपेन्द्र प्रधान, निर्मला भण्डारी र हरिबहादुर थापा मगर लगायत संस्थाका संस्थापक संदस्य, कार्यसमिती पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक मानवधिकारवादीहरुको उपस्थिती रहेको थियो ।
संस्थाका महासचिव विरेन्द्र शाहले संचालन गर्नु भएको उक्त बैठकमा उपस्थिती प्रमुख अतिथी, विशेष अनिथी, अतिथी र शुभचिन्तक महानुभावहरुले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो । साथै उक्त बैठकले संस्थाका पूर्व अध्यक्ष वोर्ण बहादुृर काकीज्यूको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यसै गरी बैठकमा विभिन्न बिभागका प्रमुखहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरिएको थियो । बैठकले आगामी असोज पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने, सरोकार केन्द्रको प्रवक्ता तोक्ने, बिभिन्न विभागहरुको बैठक राख्ने लगायत नयाँ सदस्यता वितरण गर्ने जस्ता महत्वपूर्ण निर्णयहरु पास गरिएको छ भनी सरोकार केन्द्रका पूर्व अध्यक्ष बरिष्ठ अधिवक्ता विश्व प्रकाश भण्डारीले बताउनु भयो ।