११४४ दिल्लाथ्वः ७, शनिबार, २९ असार , बाँपीझ्याला, काठमाण्डौँ । इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी सुरुवात गरेको छ । वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा इङ्ल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ ।
यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्दै १२१ रन बनाएको थियो भने इङ्ल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो । टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि इङ्ल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो ।
यो खेलमा खेलेसँगै इङ्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन् । ४१ वर्षीय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए । उनले इङ्ल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन् । उनी टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हुन् । यस टेस्टमा डेभ्यु गरेका इङ्ल्याण्डका बलर गस एटकिन्सनले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा ५ गरि कुल १२ विकेट र खेलको प्लेयर अफ द म्याच बनेका छन् ।