Search

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

११४४ दिल्लाथ्वः ३.८, मंगलबार, २५ असार , बाँपीझ्याला, काठमाण्डौँ । श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ ।

महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!