Search

गजल – सुस्त सुस्तरी चालेको पाइला तिम्रो …..

गजल – सुस्त सुस्तरी चालेको पाइला तिम्रो …..


देखेँ सुस्त सुस्तरी चालेको पाइला सडकमा तिम्रो
भेटेँ मस्त अंगालो हालेको सपनामा पत्रमा तिम्रो ।

एक्लै रहेपनि साथमा छ तस्बिर हाँसि दिने सधैं,
हेरेँ त्रस्त भइ शरीर ढालेको शयन त्यो कक्षमा तिम्रो ।

अत्यन्तै सुन्दरता जो छ मन त्यो तन जस्तो भए पनि,
छेकेँ दुरुस्त प्रेमले गालेको यो नजर कटाक्षमा तिम्रो ।

जुनेली रातमा पर्खन्थ्यौ तिमी कुरेर बस्थ्यौ दोबाटोमा,
झेलेँ तिमीले दुःख पालेको बदनाम समाजमा तिम्रो ।

याद त गर्छौ कि गर्दिनौ थाहा छैन तिमीले मलाई,
खेपेँ अनेकौँ बाधा टालेको विविध कारणले तिम्रो ।

देखेँ सुस्त सुस्तरी चालेको पाइला सडकमा तिम्रो
भेटेँ मस्त अंगालो हालेको सपनामा पत्रमा तिम्रो ।

बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment