Search

टी-२० : भारतले जिम्बाबेलाई १०० रनले पराजित

टी-२० : भारतले जिम्बाबेलाई १०० रनले पराजित

नेपाल सम्वत् ११४४, दिल्लाथ्वः ३, (२४ असार, २०८१) सोमबार, बाँपिझ्याला । भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ । आइतबार भएको खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो । जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्वाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर मुकेश कुमार र अभेश खानले ३-३ विकेट लिएका थिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी-२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरेका थिए उनले ४७ बलमा १०० रन बनाएका थिए । त्यस्तै रुतुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment