नेपाल सम्वत् ११४४, ११४४ दिल्लाथ्वः २, (२३ असार, २०८१), आइतबार, बाँपिझ्याला । नव गायक राज सापकोटा र गायिका समिक्षा अधिकारीको गायनमा रहेको लोक शैलीको चट्ट रुमालमा बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यादब लम्सालको शब्दमा रहेको यस गीतलाई अर्जुन पोखरेलको संगीत दिनु भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा पुष्प खड्का र शिल्पा पोखरेल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।
माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।