नेपाल सम्वत् ११४४ दिल्लाथ्वः २ द्वितिया, (२३ असार, २०८१) आइतबार, बाँपिझ्याला । नेदरल्याण्ड्स युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराति भएको जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्ड्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
नेदरल्याण्ड्सको जितमा स्टेफेन डी भिर्जले एक गोल गरेका थिए भने एक गोल टर्कीका मेर्ट मुल्दुरले आत्मघाती गोल गरेका थिए । त्यस्तै टर्कीका लागि एक गोल सामेल अकायदिनले गरेका थिए । १-० गोलले अगाडि रहेको टर्कीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । यस खेलमा ९० मिनेट पछिको इन्जुरी समयमा टर्कीका बेर्टङ ओज्गर यिल्डिरिमले रातो कार्ड पाएका थिए ।

यो जितपछि नेदरल्याण्ड्सले अब सेमिफाइनलमा इङल्याण्डको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलआमा स्पेन र फ्रान्स खेल्ने भएका छन् । त्यस्तै यो हारसँगै टर्कीको युरोकप यात्रा समाप्त भएको छ ।