Search

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

पोर्चुगल बाहिरियो, फ्रान्स युरोकपको सेमिफाइनलमा

२२ असार , बाँपीझ्याला, काठमाण्डौँ । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ ।

जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो । यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । त्यसैगरी यो हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment