Search

युरोकप-२०२४ : पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा

युरोकप-२०२४ : पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स सेमिफाइनलमा

नेपाल सम्वत् ११४४, दिलाथ्व १, प्रतिप्रदा (२२ असार, २०८१) शनिवार, बाँपिझ्याला । फ्रान्स युरोकप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स छैटौं पटक सेमिफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ गोलले विजयी बन्यो । जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेपछि थियो । हर्नान्डेजले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई जित दिलाए ।

योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकप उपाधि जित्ने सपना चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् ।

दुई देशबिचको खेललाई ३९ वर्षीय रोनाल्डो र फ्रान्सका किलियान एम्बाप्पेबिचको भिडन्तको रूपमा पनि व्याख्या गरिएको थियो । तर, दुवै खेलाडीले खेलमा खासै योगदान दिन सकेनन् ।

निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । एम्बाप्पेलाई अतिरिक्त समयमा सब्सटिट्युट गरिएको थियो भने रोनाल्डोले पेनाल्टीलाई भने गोलमा परिणत गरे ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले अतिरिक्त समयमा आयोजक जर्मनीलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलिनेछ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!