नेपाल सम्वत् ११४४ तछलागाः १५.९ आमसी, (२१ असार, २०८१) शुक्रबार, बाँपिझ्याला । नेकपा एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका छन् ।
यसरी एकिकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो । झलनाथ खनाल भने पार्टीका सम्मानित नेता चयन भएका छन् ।
जारी महाधिवेशनबाट यी तीन पद सर्वसम्मत भएको घोषणा गरिएको हो । अन्यमा भने सचिवालयले टुंग्याउने निर्णय भएको थाहा भएको छ ।