नेपाल संवत् ११४४ तछलागाः त्रयोदशी, (२० असार, २०८१), बिहिबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ का ८० बर्षभन्दा माथीका जेष्ठ नागरिकहरुलाई आज वडा कार्यालय पाखलतीमा पोषण सामाग्री वितरण गरिएको छ । यसरी पोषण सामाग्री अन्तर्गत एक क्रेट अण्डा र हर्लिक्स एक वटा वितरण गरिएको छ भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनु भयो ।

८० बर्षभन्दा माथीका जेष्ठ १ सयजना जेष्ठ नागरिकलाई पोषण सामाग्री वितरण गर्ने लक्ष्य भएकामा ४० जना जेष्ठ नागरिकलाई वितरण गरिएको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो । यस कार्यक्रममा भीमेश्वर नगरपालीका बाट सामाजिक विकास अधिकृत सुर्जा दाहाल, वडा सचिव विना श्रेष्ठको उपस्थितमा वितरण गरिएको समेत थाहा भएको छ ।
वडाको वार्षिक विनियोजित बजेट अनुसार यो पोषण सामाग्री वितरण गरिएको र यसै गरी छुट जेष्ठ नागरिकलाई पनी वितरण गरिने वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।