Search

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु

११४४ तछलागाः ११, मंगलबार एकादशी (१८ असार, २०८१) मंगलबार, बाँपिझ्याला । सिरहामा गाउँ नजीकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।​ नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल मफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।

सोमबार करिब ११ बजेबाट हराइरहेका दुबै बालकको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। आज बिहान गाउँकै एक जना खेत खन्न गएको बेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खबर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरूले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर वर्षेनी बाल बालिकाहरूको मृत्यु हुने गरेको स्थानीयहरू बताउँछन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!