Search

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न

नेपाल सम्वत् ११४४ तछलागाः नवमी, (१६ असार, २०८१) काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ आयोजनामा ४५ दिने निःशुल्क हेयर कटिङ तालिम समापन भएको छ । गत बैशाख २७ गतेबाट प्रारम्भ गरिएको तालिम २५ जना युवायुवतीहरू सहभागीता रहेका थिए ।

बि.स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराईको उपस्थिती रहेको थियो । यसै गरी अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला “कक्रोज” , कपन डोल सुधार समितिका अध्यक्ष नारन प्रसाद ढुङ्गेल, बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व बी.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनका प्रमुख तथा मेकअप आर्टिष्ट बिक्रम गौतमले लिएका थिए।

तालिममा सहभागी विद्यार्थी पुष्पा थापाले स्वागत मन्तव्यसंगै आफ्नो अनुभव साट्दै प्रारम्भ भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कलाकार हरि निरौलाले कपाल काट्ने पेशा आफैमा एक जटिल पेशा रहेको तर देशमा कपाल काट्नको निम्ति अझैपनी दक्ष जनशक्तिको अभाव खड्किरहेको बेला आयोजना गरिएको यस हेयर कटिङ तालीमले आगामी दिनमा दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुनेमा आफू बिश्वस्त रहेको बताए ।

तालिममा सहभागी २५ जना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण सहित सम्पन्न भएको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा समेत केहि समय अगाडि हेयर कटिङ तालिम आयोजना गरिएको मध्य धेरै विद्यार्थीहरुले अहिले सोही पेशामा आबद्ध रहेको र वडा नं १२ ले गरेको तालीममा सहभागी विद्यार्थीले पनि कपाल काट्ने पेशालाई नै निरन्तर दिनुपर्नेमा नवराज भट्टराईले जोड दिए ।

यसैगरी आयोजक बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को प्रतिनिधित्व गर्दै अध्यक्ष शम्भु भट्टराईले यो तालिम आयोजना गर्न पाउँदा सिङ्गो वडा खुशी रहेको र तालिममा सहभागी सम्पुर्ण विद्यार्थीले तालिमबाट सिकेको सिपलाई उचित तरिकाले सदुपयोग गरेको सुन्दै थप खुसी साट्न आफू आत्तुर रहेको बताए । साथै उनले आगामी दिनमा समेत वडाले गर्नपर्ने साथ,सहयोग र सद्भाव निरन्तर रहिरहने बिश्वास दिलाए ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागी सबैलाई दहि चिउरा खुवाएर कार्यक्रमको समापन गर्ने क्रममा बि.स्टारका प्रमुख तथा मेकअप आर्टिस्ट बिक्रमले आयोजित तालिम गर्ने शौभाग्य प्राप्त गर्ने अवसर प्रदान गरेकोमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ परिवारलाई धन्यवाद सहित तालिममा सहभागी सबैलाई तालीम अवधीभर सिकेको सिपलाई आगामी दिनमा सहि तरिकाले ग्रहण गर्दै प्रगतिका निम्ति सबैलाई शुभकामना व्यक्त गरे ।

साथै उनले स्वदेशमा नै रोजगारको अवसर कयौं रहेको तर वर्तमान समयमा सहि तरिकाले अवसरलाई ग्रहण गर्न नसक्ने अवस्थाको केही मात्रामा भएपनी अन्त्य गर्न आफू निरन्तर लागिपरेको बताए ।

Written by 

Related posts

Leave a Comment