एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि

नेपाल सम्वत् ११४४ तछलागाः ९, नवमी, (१६ असार, २०८१) आइतबार, बाँपिझ्याला । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ। असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ। एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको हो।

अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको बताए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे।

सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने बताए। उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

महाधिवेशनमा १ हजार ८४९ प्रतिनिधिले भाग लिनेछन्। ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ।

काठमाडौं उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको हाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ। महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours