नेपाल सम्वत् ११४४ तछलागाः ७, शुक्रबार, सप्तमी (१४ असार, २०८१) बाँपिझ्याला । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबहादुर बुढाथोकीकी १६ वर्षीया छोरी जेनिसा बुढाथोकीले एसईईको नतिजा राम्रो नआएपछि आत्महत्या गरेकी छिन् ।
बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । स्थानीय निलकण्ठेश्वर मा.वि.बाट एसईई परीक्षा दिएकी जेनिसाले नतिजा राम्रो नआएपछि हिजो आफ्नै घरको माथिल्लो तलामा झुण्डिएर आत्महत्या गरेको दोलखा प्रहरीले जनाएको छ ।
जेनिसाले सुसाइट नोट लेखेर बुबा आमा र परिवारका सदस्यसँग माफी मागेकी छिन् । पोष्टमार्टमको लागि मृतक जेनिसाको शव सदरमुकाम चरिकोट ल्याएको छ ।