Search

एसईई : रमिला बनिन् दोलखा जिल्ला कै उत्कृष्ठ छात्रा

एसईई :  रमिला बनिन् दोलखा जिल्ला कै उत्कृष्ठ छात्रा

११४४ तछलागाः ६, (१३ असार २०८१) बिहिबार, बाँपिझ्याला । यस वर्षको एसईई परीक्षामा दोलखा जिल्लाको सरस्वती सामुदायिक मा.वि. जिरीकी छात्रा रमिला जिरेलले सर्वाेत्कृष्ट अंक ल्याई जिल्ला कै उत्कृष्ठ छात्रा बनेकी छिन् ।

जिरी नगरपालीका वडा नं. ५ सरस्वती सामुदायिक विद्यालय अध्ययनरत जिरी नगरपालीका वडा नं. ४ रातमाटे घर भएकी छात्रा रमिलाले जिल्लामा सबैभन्दा बढि ३.९१ जिपिए प्राप्त गरेकी हुन् ।

यसै गरी ३ दशलमव ८३ जिपिए प्राप्त गर्दै अल्पाईन पव्लिक स्कुल चरिकोटकी छात्रा अधिश्री थापा दोस्रो स्थानमा आउन सफल भएकी छिन् । भीमेश्वर नगरपालिका –६ घर भएकी थापा जिल्लाभरबाट दोस्रो उत्कृष्ट अंक प्राप्त गर्न सफल भएकी हुन् ।

जिल्लाको उत्तरी क्षेत्रको गौरीशंकर मा.वि. लामाबगरमा अध्ययनरत छात्र प्रदिप श्रेष्ठले ३ दशलमव ७८ जिपिए प्राप्त गरी जिल्लामा तेस्रो स्थान ल्याउन सफल भएका छन् । सदरमुकाम चरिकोटस्थित कालिञ्चोक मा.वि.का छात्र रविकुमार दासले चौथो उत्कृष्ट अंक पाएका छन् ।

बारा जिल्लाको देवचुली नगरपालिका घर भई हाल चरिकोट बसोबास गर्दै आएका रविकुमार दासले ३ दशमलव ७७ जिपिए प्राप्त गर्दै चौथो स्थान हाँसिल गरेको छ ।

आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजानिक गरेको नतिजा अनुसार दोलखाबाट एसईई परीक्षामा सहभागि भएका मध्ये ३५ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!