Search

भीमेश्वर नगरपालिका क्षेत्र भित्रको ३ दिनको “न्यून प्रभावको उच्च सम्भावना“ को पूर्वानुमान जारी

भीमेश्वर नगरपालिका क्षेत्र भित्रको ३ दिनको “न्यून प्रभावको उच्च सम्भावना“ को पूर्वानुमान जारी

तछलागा, ने.सं.११४४, चौंथी (आषाढ ११ गते मंगलवार) बाँपिझ्याला । मौसम पूर्वानुमान महाशाखाले भीमेश्वर नगरपालिका क्षेत्र भित्रको ३ दिनको “न्यून प्रभावको उच्च सम्भावना“ को पूर्वानुमान जारी गरेको छ ।

आज असार ११ गते बेलुका ६ बजेदेखि १४ गते विहान ६ बजेसम्मका लागि भिमेश्वर नगरपालीका वडा नं. १, ३, ५ र ७ मा जोखीम हुन सक्ने भएकोले स्थानिय वासिन्दाहरुलाई सचेत रहन नगरपालीकाले अनुरोध गरेको छ ।

यसरी मौसम पूर्वानुमान शाखाले जनाए अनुसार केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना र एक÷दुई स्थानमा भारी वर्षाको को सम्भावना रहेको छ । बर्षाको कारण विद्युत, सञ्चार, खानेपानी, सडक लगायत अन्य क्षेत्रमा प्रभाव परी केही समयका लागि अवरूद्ध हुने सम्भावना रहेको समेत जनाएको छ ।

खोलानाला खहरेहरूमा पानीको बहाव बढ्न सक्ने र जमिन कटान हुन सक्ने सम्भावना साथै खहरे बढ्नाले बालबालिकाहरूलाई विद्यालय जान कठिनाई हुने सम्भावना रहनुका साथै कमजोर भुभाग भएका स्थानमा पहिरोको सम्भावना देखिन्छ ।

बर्षाको प्रभावका कारण. कच्ची सडकहरु तथा विकास निर्माणका काममा अवरोध हुने सम्भावना रहन सक्ने र जोखिममा रहेका घर, विद्यालय, स्वास्थ्य चौकि र अन्य संरचना वरीपरीको जमिन भासिन सक्ने र पहिरोले क्षम पुग्न सक्ने सम्भावना देखिन्छ भनी भनीएको छ ।

सर्वसाधारणको दैनिक जनजीवन र कामकाजमा केही समयका लागि असुविधा हुन सक्ने सम्भावना देखिन्छ । साथै न्यून प्रभाव पार्ने वर्षा हुने सम्भावना उच्च रहेकोले सतर्क रहनुहोला साथै विभागबाट जारी गरिने सबैभन्दा पछिल्लो मौसम पूर्वानुमान सूचनाका बारेमा जानकारी लिइरहन समेत स्थानिय वासिन्दाहरुलाई भीमेश्वर नगरले आग्रह सहित अनुरोध गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!