११४४ तछलागाः ३ तृतिया, सोमबार (१० असार, २०८१) बाँपिझ्याला, दोलखा । प्राचिन शहरको बस्तीभन्दा पूर्वमा अवस्थित तिर्थस्थल बनारसीमा प्राचिन ढुंगेधारा पुनः निर्माण कार्य शुरु भएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता समिती दोलखाको सक्रियता र बागमती प्रदेश खानेपानी महाशाखा श्रोत संरक्षण अन्तर्गत विनियोजित बजेटबाट यो प्राचिन ढुंगेधारा निर्माण कार्य शुरु भएको हो भनी संस्थाका सचिव युवा समाजसेवी अनिल श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।
खानेपानी तथा सरसफाई डिभिजन नं. ४ मन्थली रामेछाप जिल्ला अन्तर्गत रामेछाप, दोलखा र सिन्धुली पर्दछ । त्यसमध्येबाट कार्यान्वयन भएको यो बजेट हो । जुन हाललाई १० लाख विनियोजन भई रातो कितावमा प्रकाशन भएको छ । यस प्राचिन ढुंगेधारा निर्माणको लागि कुल लागत १८ लाखको रहेको समेत समाजसेवी श्रेष्ठले बताउनु भयो ।
यसरी किन कम बजेट विनियोजन भएको छ भन्ने प्रश्नमा वहाँले भन्नु भयो यो बजेट खासगरी वतीचा ढुंगेधारा बनाउनको लागि विनियोजित भएको हो । तर वतिचा भन्दा वनारसी स्थित ऐतिहासिक ढुंगेधारा छिटो पुनः निर्माण गर्नु पर्ने आवश्यकता भएकोले यो बजेटले नपुग भएको भनाई रहेको छ ।
साथै वतिचा भन्दा बनारसीमा सामान ओसार पसारको लागि अलि टाढा भएको र यहाँ बनारसी स्थित पाटी र बाटोमा पनी ढुंगा विच्छ्याउने योजना रहेकोले यो रकम नपुग भएको थाहा भएको छ । तर आगामी आर्थिक बर्षमा वतिचा ढुंगेधारा पनी बनाउन बजेट विनियोजन भएको बताउनु भयो ।
प्राचिन शहर दोलखा स्थित ढुंगेधारा ६ वटा बनाउने महत्वपूर्ण अभियान अन्तर्गत अहिलेसम्म तिनवटा ढुंगेधारा निर्माण सम्पन्न भएको छ । जुन राईती तिनधारा, बर्जवती र चिचा वती रहेको छ । यसरी राईती तिनधारा २०७९ अषाढमा र बर्जवती चिचावती २०८० अषाढमा सम्पन्न गरिएको हो । यसै गरी बनारसीमा निर्माणाधिन अवस्थामा रहेको छ । अव बाँकी दुईवटा ढुंगेधारा छोपती र वतिचा ढुंगेधारा आगामी आर्थिक बर्षमा पुनः निर्माण हुने समेत युवा समाजसेवी श्रेष्ठको भनाई रहेको छ ।
खानेपानी तथा सरसफाई समिती दोलखाले शहर भित्र रहेका सम्पुर्ण ढुंगेधारा पुनः निर्माण गरी सकेपछी यसलाई ढुंगेधाराको हव बनाउने लक्ष्य रहेको सचिव अनिल श्रेष्ठले बताउनु भयो ।
यसरी प्राचिन दोलखा स्थित प्राचिन ढुंगेधाराहरु पुनः निर्माण गर्न पहल गरेकोमा खानेपानी तथा सरसफाई उपभोक्ता समिती दोलखा र यस भित्रका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र पदाधिकारी अनी सदस्यहरुलाई यस बाँपिझ्याला डटकम परिवार र दोलखावासीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

यस कार्यमा हामीले सकारात्मक सहयोग गरेको खण्डमा भोलीको तिनमा दोलखाको ईतिहासमा थप ऐतिहासिकता कायम हुन सहयोग हुने र पुग्ने कुरामा हामी विश्वस्त छौं । जय द्वाल्खा ।



