नेपाल सम्वत् ११४४, तछलाथ्व १५, शनिवार (८ अषाढ २०८१) बाँपिझ्याला । भीमेश्वर नगरपालीका चरिकोट दोलखाको संगको सहकार्यमा ग्रामीण सामुदायिक विकास परिषद् दोलखाको आयोजनामा आज अषाढ ८ गते “दोलखाको नेपाल (नेवारी) भाषा, संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनमा संचार क्षेत्रको भुमीका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उपेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सभासद् हेमबहादुर श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी भीमेश्वर नगरपाकालीका वडा नं. २ वडा सदस्य एवं कार्यपालीका सदस्य मुना श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला समितीको अध्यक्ष दिपशंकर चौलागाई र भीमेश्वर नगरपालीका वडानं. २ का पुर्व वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
यसै गरी अतिथीहरुमा भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला समिती प्रवक्ता एवं युवा समाजसेवी द्वाल्खा गुठीका स्थानिय संयोजक राकेश श्रेष्ठ, भीमेश्वर नगरपालीकाका पूर्व नगरविकास अध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, उज्यालो भविष्य दोलखाका अध्यक्ष राजन बस्नेत, नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा केन्द्रिय पार्षद निर्जला आचार्य श्रेष्ठ, माहागिता भजन मण्डलका अध्यक्ष समाजसेवी भगवानदास श्रेष्ठ, राजकुलेश्वर आधारभुत विद्यालयका प्रधानध्यापक कुमारी जोशी चाकुबजी, तिखातल प्राविका प्रधानध्यापक तिर्थबहादुर जोशी, त्रिपुरा सुन्दरी आधारभुत विद्यालयका प्रधानध्यापक प्रमिला थामी, राजकुलेश्वर आधारभुत विद्यालयका पुर्व प्रधानध्यापक तथा समाजसेवी हर्कबहादुर श्रेष्ठ लगायत दोलखाका संघ–संस्था प्रतिनिधी तथा शुभिचिन्तक दोलखावासीको उपस्थिती रहेको थियो ।
संस्थाका कार्यसमिती सदस्य एवं युवा समाजसेवी अजय प्रधानले स्वागत मन्तव्यबाट उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र उपस्थित महानुभाहरुलाई स्वागत गर्नु भएको थियो ।
अन्नपुर्ण दैनिकीका सम्वातदाता पत्रकार एवं तिखातल प्राविका शिक्षिका भवानी खड्का गौतमले “दोलखाको धार्मिक, साँस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले “दोलखाको साँस्कृति सम्पदा र जात्रामात्रा” शिर्षक विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष उपेन्द्र प्रधानले “दोलखाको नेपाल (नेवारी) भाषा संरक्षण, यसको विकासक्रम र महत्व” शिर्षक विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रमहरुको प्रस्तुत गरिएको विस्तृत विवरण यस बाँपिझ्याला डटकममा सम्प्रेशन गरिने संस्था सदस्य अजय प्रधानले बताउनु भयो ।
यसरी कार्यक्रममा प्रस्तुत कार्यपत्र माथी कार्यक्रमका प्रमुख अतिथी सभासद् हेम बहादुर श्रेष्ठले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । यसै गरी आ–आफ्नो विचार व्यक्त गर्ने महानुभावहरुमा भीमेश्वर नगरपालीकाका नसस कार्यपालीका सदस्य मुना श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, नेपाली काँग्रेस जिल्ला समिती प्रवक्ता एवं युवा समाजसेवी द्वाल्खा गुठीका स्थानिय संयोजक राकेश श्रेष्ठ, उज्यालो भविष्य दोलखाका अध्यक्ष राजन बस्नेत, नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा केन्द्रिय पार्षद निर्जला आचार्य श्रेष्ठ, माहागिता भजन मण्डलका अध्यक्ष समाजसेवी भगवानदास श्रेष्ठ, राजकुलेश्वर आधारभुत विद्यालयका पुर्व प्रधानध्यापक तथा समाजसेवी हर्कबहादुर श्रेष्ठ, भीमेश्वर नगरपालीकाका पूर्व नगरविकास अध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, सहभागीहरुबाट इन्जिनियर रामभक्त मास्के र लक्ष्मी श्रेष्ठ लगायतका व्यक्तित्वहरुले आ–आफ्नो विचार व्यक्त गर्दे छलफल कार्यक्रम सम्पन्न गरिएको थियो ।
यसरी सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरु प्रति खुसी व्यक्त गर्दे संस्थाका अध्यक्ष उपेन्द्र प्रधानले कार्यक्रम सम्पन्न गर्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । यसै गरी अन्तरक्रिया कार्यक्रम आयोजना गर्न सहयोग गर्नु हुने भीमेश्वर नरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धरज्यू लगायत सम्पूर्ण कार्यपालीका सदस्यज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
यसै गरी आगामी दिनमा दोलखाको नेपाल (नेवारी) भाषा, संस्कृती र जात्रामात्रा संरक्षणमा भीमेश्वर नगरपालीकाको निरन्तर सहयोग पाउने अपेक्षा राख्नु हुर्दै पुनः उपस्थित महानुभावहरुलाई आभार व्यक्त गर्नु हुर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।