Search

दोलखामा ग्रामीण सामूदायिक विकास परिषद्को आयोजनामा पत्रकार तालिम सम्पन्न

दोलखामा ग्रामीण सामूदायिक विकास परिषद्को आयोजनामा पत्रकार तालिम सम्पन्न

नेपाल सम्वत् ११४४ तछलाथ्व, विहिबार (७ अषाढ २०८१) बाँपिझ्याला । ग्रामीण सामुदायिक विकास परिषदको आयोजनामा र बाँपिझ्याला मिडिया प्रा.लि.को संयोजनमा तीन दिने पत्रकारिता तथा रेडियो तालिम कार्यक्रम सम्पन्न भएको छ । यही २०८१ असार ५ गतेबाट शुरु भएको उक्त कार्यक्रम असार ७ गते सम्पन्न भएको हो ।

आजको समापन कार्यक्रम परिषदका अध्यक्ष उपेन्द्र प्रधानको सभापतित्वमा भएको हो । उक्त समापन कार्यक्रमको प्रमख अतिथीमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष वडाध्यक्ष स्टालिन श्रेष्ठ, विशेष अतिथिमा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम् हाम्रा् रेडियो सञ्चालक समितिका अध्यक्ष लक्ष्मण खड्का रहेका थिए ।

यसै गरी अतिथीहरुमा नेपाली काँग्रेस जिल्ला प्रवक्ता समाजसेवी राकेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र भीमेश्वर नगर ईञ्चार्ज सुब्बा श्रेष्ठ, भीमेश्वर नगरविकास समितीका पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठ, प्रधानध्यापक प्रकाश दाहाल र प्रशिक्षक एवं बाँपिझ्याला डटकमका पूर्व सह–सम्पादक बालकृष्ण श्रेष्ठ लगायत शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, कार्यपालीका सदस्य मुना श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला प्रवक्ता राकेश श्रेष्ठ, नेकपा माओवादी केन्द्र भीमेश्वर ईञ्चार्ज सुब्बा श्रेष्ठ, प्रशिक्षण एवं प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का र भीमेश्वर नगर पूर्व नगरविकास समिती अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

समापन कार्यक्रमका प्रमुख अतिथी एवं भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, प्रशिक्षक लक्ष्मण खड्का, सिर्जना खड्का र कार्यक्रममा आवास तथा अन्य व्यवस्थापनमा सहयोगी सिर्जना मानन्धर, अजय प्रधानलाई मायाको चिन्ह प्रदान गरि सम्मान गरिएको थियो ।

५ गते उद्घाटन सत्र पछि प्रारम्भ भएको उक्त पत्रकार प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु हाम्रो रेडियो संस्थापक अध्यक्ष लक्ष्मण खड्का, रेडियो स्टेशन मेनेजर सिर्जना थापा खड्का, पत्रकार बालकृष्ण श्रेष्ठ, स्थानिय बुद्धिजिवी पुर्षार्थ श्रेष्ठ, पत्रकार शिवजी प्रधान रहेका थिए । प्राविधिक पक्षमा अजय प्रधान, व्यवस्थापनमा सिर्जना मानन्धर प्रधान थिइन् ।

५४ जना प्रशिक्षार्थी रहेकोमा २१ जना थामी समूहबाट सहभागी रहेका थिए । उक्त पत्रकार तालिममा ४ जना पुरुष थिए भने बाँकी सबै महिला थिए । पत्रकारिता प्रशिक्षणको तीन दिने तालिमको गतिविधिको समीक्षा प्रशिक्षार्थी बिनु श्रेष्ठ र निर्जला श्रेष्ठ लगायत ७ जनाले गरेका प्रस्तुत गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!