नेपाल संवत् ११४४ तछलाथ्वः त्रयोदशी, बिहीबार (६ अषाढ २०८१) बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर २६ वर्षीय अंगत यादव, ट्रिपर चालक सिन्धुली घर भएका अन्दाजी ३१ वर्षीय राजेन्द्र मगर र धादिङका अन्दाजी ३५ वर्षीय सरोज श्रेष्ठ रहनु भएको कालिञ्चोक–६ का अध्यक्ष भरत पाण्डेले बताउनु भयो ।
उहाँका अनुसार आज बेलुकी करिब साँढे ५ बजे दुर्घटनामा भएको हो । घाइते भएका उहाँहरुलाई उपचारका लागि चरिकोट ल्याइदै छ । ट्रिपर दुर्घटना कालिञ्चोक गाउँपालिका–६ स्थित गोदोनमा भएको हो ।