Search

थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै काठमाडौँमा पेट्रोल हाहाकार

थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै काठमाडौँमा पेट्रोल हाहाकार

११४४ तछलाथ्वः ११, सोमबार (३ अषाढ, २०८१) बाँपिझ्याला । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

प्रहरी र सेनाकाे पेट्रोल पम्पबाहेक अन्यत्र पेट्रोल नदिँदा सडकमा सवारी साधनको लाम भएको छ । जसका कारण सवारी जाम बढेको यात्रुहरूले गुनासो गरेका छन् । हिजै देखि निजी पेट्रोल पम्पहरूले पेट्रोल छैन भन्ने सूचना टाँस गरेका छन् ।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको आयल निगमले जनाएको छ ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो। आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

Written by 

Related posts

Leave a Comment