नेपाल सम्वत् ११४४, तछलाथ्व (१ आषाढ २०८१) बाँपिझ्याला । कालिञ्चोक युवा क्लबका पूर्व अध्यक्ष प्रा. डा. श्याम जोशीले लेख्नु भएको दोलखा नेपाल (नेवारी) भाषाको नाटक “मिसामी” को पुस्तक लोकार्पण गरिएको छ ।
उक्त लोकार्पण कार्यक्रममा साहित्य शिरोमणि प्रा. तुलसी दिवस, नाट्यकार, समालोचक प्रा. अभि सुवेदी, बरिस्ठ नाट्यकार नीर शाह, लुम्बिनी बौद्ध बिश्वबिद्धालयका उपकुलपति प्रा. सुबर्ण लाल बज्राचार्य, खुल्ला बिश्वबिद्यालयका उपकुलपति प्रा. शिलु बज्राचार्य र प्रा. रुद्र लक्ष्मी श्रेष्ठको आतिथ्यमा प्रज्ञा भवन, कमलादीमा एक भब्य समारोहका बिच सम्पन्न भयो ।
उक्त अवसरमा सो नाटक को एक दुई दृश्य पनि देखाइएको थियो । वि.सं. २०३० सालको दसैंमा दोलखा शहरमा यो नाटक “मिसामी” मन्चन गरिएको थियो । यसरी यो नाटक ५१ बर्ष पछि प्रकाशन हुनुमा साहित्यकार अमर कुमार प्रधानको प्रयास र प्रकाशक प्रा. डा. हरि दर्शन श्रेष्ठको आफ्नो मातृभाषा प्रतिको मायाले प्रकाशन भएको हो । उक्त अवसरमा उपत्यकावासी दोलखावासी लगायत अन्य शुभचिन्तक महानुभावहरुको उपस्थिीती रहेको थियो ।
यसै गरी नाटक मञ्चन गरिएको करिव ५१ बर्ष पछी यस “मिसामी” नामक पुस्तक प्रकाशनले दोलखाको नेपाल (नेवारी) भाषा संरक्षण र प्रवद्र्धनमा थप टेवा पुग्ने दोलखाका मातृभाषा प्रेमी स्थानिय दोलखावासीको भनाई रहेको छ ।
यसरी नाटक मञ्चन भएको एकाउन्न बर्ष पछीको उत्प्रेरणा प्रा.डा. श्याम जोशी लगायत उहाँको सहयोगीहरुको प्रयासमा आज अषाढ १ गते प्रज्ञा प्रतिष्ठानमा “मिसामी” नामबाट पुस्तक प्रकाशन गर्न सफल भएकोमा सवैमा बाँपिझ्याला डटकमको तर्फबाट हार्दिक आभार सहीत धन्यवाद व्यक्त गर्दछौं ।