Search

१५ दिनभित्र ७ अर्ब ४२ करोड बुझाउन युटीएललाई प्राधिकरणको निर्देशन

१५ दिनभित्र ७ अर्ब ४२ करोड बुझाउन युटीएललाई प्राधिकरणको निर्देशन

११४४ तछलाथ्वः ५, मंगलबार, पञ्चमी, (२९ जेठ, २०८१) बाँपिझ्याला। नेपाल दूरसञ्चार प्राधिकरणले यूनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र आफ्नो बक्यौता रकम बुझाउन ताकेता गरेको छ । प्राधिकरणले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले प्राधिकरणलाई हालसम्म बुझाउन बाँकी रहेको करिब साढे ७ अर्ब रुपैयाँ बराबरको बक्यौता १५ दिनभित्र बुझाउन निर्देशन दिएको हो ।

यूटीएलले अनुमतिपत्र नवीकरण दस्तुर बापत किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष, जरिवाना लगायतको बक्यौता तिर्न बाँकी रहेको कुरा सूचनामा उल्लेख छ । कम्पनीले प्राधिकरणलाई ७ अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ बुझाउन बाँकी छ ।

यूटीएलले २० भदौ २०७३ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र पाएको थियो । तुरुन्तै बक्यौता नतिरे यूटीएलले पाएको मोबाइल सेवाको लाइसेन्स खारेज गर्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकणले यसअघि बक्यौता असुल्न गरेको निर्णय र पत्राचारविरुद्ध यूटीएलले हालेका सबै रिट २३ माघ २०८०मा सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

सुरुमा अप्टिकल फाइबर बिछ्याउन दिएको २ अर्बको परियोजनाको अवधि सकिएपछि सम्झौता नवीकरण नगरेको भन्दै अदालत पुगेको यूटीएलले प्राधिकरणलाई बक्यौता असुल्न समेत अदालतमा रिट हालेर रोकेर रोकिको थियो । प्राधिकरणले दूरसंचार ऐन र नियमावलीअनुसार कम्पनीले उक्त बक्यौता नबुझाएको खण्डमा लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment