११४४ तछलाथ्वः ४, सोमबार चौथी, (२८ जेठ, २०८१) बाँपिझ्याला । टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा ११९ रनमा मात्रै सिमित भएको भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको हो।
भारतले दिएको १२० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाएपछि भारतले खेल ६ रनले जितेको हो।
प्लेयर अफ द म्याच जसप्रित बुमराह चार ओभरमा मात्र १४ रन दिएर तीन विकेट लिएर भारतको जितका नायक बने। कुनै बेला पाकिस्तानलाई ३० बलमा ३७ रन चाहिएको थियो र ६ विकेट बाँकी थियो तर, भारतीय बलरले ३० रन दिएर पाकिस्तानलाई ७ विकेटमा कुल ११३ रनमा सीमित बनाएका थिए।
टी-२० विश्वकपका आठ खेलमा पाकिस्तानमाथि भारतको यो सातौं र ओडीआई-टि-२० विश्वकपसहित १६ खेलमा पाकिस्तानमाथि भारतको १५औँ जित हो।
यो जितपछि समूह ए मा रहेको भारतले लगातार दोस्रो जित हासिल गरेको छ। २ खेलमा ४ अंक हासिल गरेको भारत समूह ए मा शीर्ष स्थानमा रहेको छ। त्यस्तै पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ। पाकिस्तानले पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।