११४४ तछलाथ्वः २, शनिबार, द्वितिया (२६ जेठ, २०८१, शनिवार) बाँपिझ्याला । साक्षात भगवान दोलखा भिमेश्वरको परिषद् विस्तार र तिनतिरको प्रवेशमार्ग पश्चिमपट्टीको मुलद्वार, दक्षिणपट्टीको द्वार र उत्तरपट्टीको निर्माण निर्माणाधिन अवस्थामा रहेको छ ।
लगभग उत्तर पट्टीको र दक्षिण पट्टीको प्रवेशद्वार अन्तिम चरणमा पुगेको र भीमेश्वर मन्दिर पश्चिम पट्टीको मुल प्रवेशद्वार निर्माणको लागि डिजाईन स्टीमिट भईरहेको छ । जुन कार्य अन्तिम चरणमा पुगी सकेको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।
यसै गरी मन्दिरको उत्तरी र दक्षिणी प्रवेशद्वार निर्माणको अन्तिम चरणमा पुगेको छ । यी दुई प्रवेशद्वार निर्माणको लागि बागमती प्रदेश सरकारको सहयोगमा निर्माण कार्य सम्पन्न भएको छ ।
यसै गरी यी दुई द्वारमा कलात्मक खापाहरु राख्नको लागि गुठी संस्थान काठमाण्डौ र डिभिजन बन कार्यालय चरिकोट दोलखाले धार्मीक मठ–मन्दिर वातावरण संरक्षण कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भई निर्माण कार्य भएको छ भनी उपाध्यक्ष एंव भीमेश्वर नगरपालीका वडा नं. २ का निवर्तमान वडाध्यक्ष युवा समाजसेवी विराजमान श्रेष्ठले बताउनु भयो ।
भीमेश्वर मन्दिरको पश्चिम पट्टीको मुल प्रवेशद्वार निर्माणको लागि डिजाईन स्टीमिट अन्तिम चरणमा पुगेको छ । उक्त पश्चिम पट्टीको मुल गेट गत फागुण ८ गते भीम एकादशीको दिन बरिष्ठ संस्कृतीविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपती तथा नेपाल ऋषि डा. जगमान गुरुङको हातबाट शिलान्यास भएको छ ।
यसरी प्रवेशद्वार शिलान्यासको क्रममा डा. गुरुङ कै अनुरोधमा ललितपुर महानगरपालीका निवासी समाजसेवी मया वैद्यबाट निर्माण कार्यको लागि सहयोग गर्ने बचत वद्धता अनुसार सोही अनुसार निर्माण हुन लागको छ भनी उपाध्यक्ष एवं वडा नं. २ का पुर्व वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।