११४४ बछलागाः १४, बुधबार, (२३ जेठ, २०८१), बाँपिझ्याला, दोलखा। प्राचिन शहर दोलखा भीमेश्वर मन्दिरको परिषर कालिमन्दिरमा ललितपुर महानगरपालीका ललितपुरको सहयोगमा पार्टी (फाल्चा) निर्माण भईरहेको छ ।
भीमेश्वर नगरपालीका र ललितपुर महानगरपालीकाको भगिनी सम्वन्ध अन्तर्गत भीमेश्वर नगरपालीका मार्फत रु. ३५ लाख सहयोग प्राप्त भई उक्त पार्टी (फाल्चा) निर्माण कार्य शुरु गरिएको हो भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो ।
उक्त पार्टी (फाल्चा) निर्माण गर्न भीमेश्वर गुठी व्यवस्थापन समितीका उपाध्यक्ष एवं पूर्व वडा नं. २ का वडाध्यक्ष युवा समाजसेवी विराजमान श्रेष्ठको संयोजकत्वमा निर्माण कमिटी गठन गरी यही बैशाख १ को साईत पारी निर्माण कार्य शुरु गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
यसरी शुरु गरिएको पार्टी (फाल्चा) निर्माणको डिपिसिसम्म कार्य सम्पन्न भएपछी भीमेश्वर नगरपालीकामा प्राप्त भएको उक्त रकमबाट पहिलो किस्ता भीमेश्वर गुठी व्यवस्थापन समितीलाई उपलब्ध गराईने समेत उहाँले बताउनु भयो ।
यसरी पार्टी (फाल्चा) निर्माण गर्न सहयोग गर्नु हुने ललितपुर महानगरपालीकाको मेयर चिरिबाबु श्रेष्ठ र सहयोग रकम उपलब्ध गराउन भुमीका निर्वाह गर्नु हुने भीमेश्वर नगरपालीकाको मेयर ईस्वरनारायण मानन्धर लगायतको टिमलाई भीमेश्वर गुठी व्यवस्थापन समिती र दोलखावासीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।