Search

टी२० विश्वकप: आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै

टी२० विश्वकप: आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै

११४४ बछलागाः १३, मंगलबार (२२ जेठ, २०८१) बाँपिझ्याला । आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ। टी२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ।

विश्वकपमा नेपाल र नेदरल्याण्ड्स पहिलो पटक भिड्न लागेका हुन्। नेदरल्याण्ड्स टी२० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्द्वी पनि हो। यसअघि नेपालले सन् २०१४ मा हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो।

नेपाल र नेदरल्याण्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमनेसामने हुन लागेका हुन्। यो खेल बिहान ६:१५ बजेदेखि सुरु हुनेछ।

आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८:१५ बजेदेखि सुरु हुनेछ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!