Search

सन्दर्भ अन्तर्राष्ट्रिय मातृभाषा दिवसः भाषा संरक्षणमा मातृभाषा पत्रकारिता

सन्दर्भ अन्तर्राष्ट्रिय मातृभाषा दिवसः भाषा संरक्षणमा मातृभाषा पत्रकारिता

सुरेश किरण मानन्धर
नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक वर्ष पुग्दैछ । नेपालमा खस नेपालीपछि अर्को नेपाली भाषामा पत्रकारिता सुरु भएको नेपाल भाषामा हो । आजभन्दा एक वर्ष अघि नेपालका सेवक एवं विद्वान अन्वेषक धर्मदित्य धर्मचार्यले भारतको कलकत्ताबाट नेपालको पहिलो पत्रिका बुद्ध धर्मको नेपाल भाषाको प्रकाशन सुरु गर्नुभएको थियो । उहाँले उक्त पत्रिका आरम्भ गर्नुभएको अर्को वर्ष वैशाख पूर्णिमाका दिन एक वर्ष पूरा हुँदैछ ।

धर्मदित्य धर्मचार्यले नेपाल भाषामा पत्रिका प्रकाशन गर्दा नेपालमा खस नेपाली बाहेक अर्को कुनै पनि भाषामा पत्रिका प्रकाशन भएको थिएन त्यसैले धर्मदित्य धर्मचार्यलाई नेपाल भाषा मात्र होइन नेपालको सम्पूर्ण आदिवासी जनजाति समुदायकै पहिलो पत्रकारका रूपमा सम्मान गरिएको छ ।

धर्मदित्य धर्मचार्यले वि.सं. १९८१ सालमा नेपाल भाषामा मासिक पत्रिका आरम्भ गर्नुहुँदा नेपालमा तत्कालीन राणा शासनहरूबाटै सञ्चालित गोरखापत्र साप्ताहिक प्रकाशन भइरहेको थियो । त्यही वर्ष साहित्यीक मासिक प्रकाशनको तरखर पनि चल्दै थियो । त्यस्तो बेला प्रकाशनमा आएको नेपाल भाषाको पहिलो साहित्यिक पत्रिका बुद्धधर्म हो । नेपाल भाषा ले काठमाडौँमा साहित्य लेखनको लहर उत्पन्न गरेको थियो भने धेरै नयाँ लेखहरू जन्माएको थिए ।

यसले नेपाल भाषाका पाठकहरूलाई यो भाषाको प्राचीन साहित्यसँग साक्षात्कार गराउने सामग्रीहरू पनि निरन्तर प्रकाशन गर्दै लगेको थियो । यो पत्रिका बन्द भएपछि नेपाल भाषासेवीहरुले अरु पत्रिकाहरुमा नेपाल भाषाका लेखक रचनाहरू प्रकाशन गर्न लागेका थिए यसरी बुद्ध धर्म हो नेपाल भाषा मासिक पत्रिकाले नेपाल भाषा विकासको लागि पत्रिका प्रकाशन अत्यन्त आवश्यक छ भन्ने बोट तत्कालीन भाषासेवीहरुलाई गराएको थियो ।

यसैबाट प्रेरित भएर नेपाल भाषाको अन्य पत्रिकाहरू पनि प्रकाशन हुँदै जान थाल्यो । वि.सं. २०१२ सालसम्म पुग्दा नेपाल भाषाको पहिलो दैनिकी नेपाल भाषा पत्रिका नै प्रकाशन भयो । नेपाल भाषामा प्रकाशित यी सबै पत्रपत्रिकाहरुले नेपाल भाषाको संरक्षण विकासमा टेवा दिएको पाइन्छ । यी पत्रिकाहरूको मूल उद्देश्य नै आफ्नो मातृभाषाको संरक्षण सम्बोधन र विकास थियो । नेपाल भाषामा प्रकाशित सबैजसो पत्रपत्रिका एवं साहित्य कृतिहरूले भाषाको संरक्षण तथा सम्बर्धनमा कुनै न कुनै रूपले टेवा दिएको दिएकै छ ।

वि.सं. २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना भएपछि सरकारी सञ्चार माध्यमहरुमा नेपाल भाषाका अतिरिक्त अन्य मातृभाषाहरूलाई पनि स्थान दिन थालियो । खासगरी रेडियो टेलिभिजनमा समाचार र मनोरञ्जनका कार्यक्रमहरु प्रसारण गरी ती भाषाहरुलाई स्थान दिन थालिएको हो । वि.सं. २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान जारी भएपछि मुद्रण पत्रिकामा पनि विभिन्न मातृभाषाहरुलाई प्रदान गरिएको यो अवसरले तत भाषाहरूको विकास र प्रवद्र्धनलाई ठूलो टेवा दिएको पाइन्छ ।

यसबाट के थाहा पाउन सकिन्छ भने भाषाहरूको संरक्षण र सम्बन्धमा पत्रकारिता क्षेत्रको पनि ठूलो योगदान हुँदो रहेछ । खासगरी मातृभाषामा गरिने पत्रिकारिता भनेको केवल सूचना र विकास आधार प्रदान गर्ने विषय मात्र होइन यसले सम्बन्धित भाषाको संरक्षण र विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले मातृभाषाहरूको लेखन परम्परालाई अघि बढाउने काम गर्दछ । लेखन परम्पराले भाषाहरूको अस्तित्व रक्षालाई अझ मजबुत बनाउँछ ।

साथै यसले सम्बन्धित भाषामा पढेर लेख्ने पुस्ता पनि जन्माउँछ । त्यसमा प्रकाशित प्रसारित हुने सामग्रीले प्रदान गर्ने बौद्धिक खुराक त छँदैछ । साथसाथै यसले भाषा जगेर्ना गर्ने कामलाई पनि सहयोग गर्दछ। भाषा संरक्षण गर्ने उपायहरु अरु पनि छन् तर मातृभाषामा गरिने उपाय हो । केवल पत्रकारिता मात्र गर्नाले भाषाको विकास वा संरक्षण हुने त होइन तर पत्रकारिताले उक्त भाषामा संरक्षणका अन्य उपायहरू बारे पनि विचार र मन्थनलाई अघि बढाउन सहयोग गर्छ । त्यसैले मातृभाषामा पत्रकारितालाई केवल पत्रकारिताको दायित्व भित्रै मात्रै सीमित गरी बुझ्नु गलत हुनेछ । यसको कार्यक्षेत्र महत्व खस नेपाली भाषामा गरिने पत्रकारिताभन्दा फरक छ ।

भाषा बचाउनु वा भाषाको संरक्षण गर्नु भनेको धेरै ठूलो विषय हो । किनभने एउटा भाषाको जन्म हुनु हजारौं वर्ष लाग्छ । हजारौं वर्षको मानवीय यात्राको सुगन्धले बल्ल एउटा भाषाको जन्म हुन्छ । यदि त्यस्तो एउटा भाषाको मृत्यु भयो भने हजारौं वर्षको इतिहास पनि मेटिन जान्छ । भाषाले सम्बन्धित समुदायको संस्कृति र सभ्यता पनि बोकेको हुन्छ । भाषा मर्नाले त्यो संस्कृति र सभ्यता पनि मरेर जान्छ यस्तो अमूल्य सम्पत्तिको रक्षा गर्ने कार्य यदि पत्रकारिताले गर्न सक्दछ भने त्यो पत्रकारता क्षेत्रकै लागि पनि गर्वको विषय हो ।

मातृभाषा पत्रकारितालाई यस्तो गौरव बोकेको विधाका रुपमा पनि बुझ्दा यसको गरिमा अझ चुलिने थियो । मातृभाषा पत्रकारितालाई यो ऐतिहासिक कार्यका लागि पनि उपयोग गर्न सकियो भने भाषा संरक्षणको कार्यलाई पनि एउटा ठूलो योगदान हुने थियो मुलुकको सांस्कृतिक गरिमा रक्षामा पनि यसको भूमिका स्पष्ट हुन सक्ने थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!