Search

केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

नेपाल सम्वत् ११४४, बछलागा, अष्टमी, शुक्रवार (जेठ १८, २०८१) बाँपिझ्याला । क्रिकेट प्रेमीहरूको ध्यान विश्वकपमा भइरहँदा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् ।

आफ्नै रचनामा सार्वजनिक गरेको गीतमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गीतमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गीत सार्वजनिक गरिएको हो ।

गायक खनालले बिहीबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!