कृष्ण नारायण श्रेष्ठ
१३ जेठ, बाँपिझ्याला, काठमाडौँ । नेपाल राज्यबाट राष्ट्रिय संबतको रुपमा मान्यता पाएर पनि उपयोगमा आउन बिभिन्न कठिनाई भोगिरहेकोे नेपाल सम्वत् कसरी नेपाली समाजमा सर्ब स्वीकार्यको रुपमा स्थापित गरी व्यबहारमा ल्याउन सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्न आयोजना गरिएको नेपाल संबत् राष्ट्रिय कार्यशाला गोष्ठी काठमाडौ्मा सम्पन्न भएको छ ।
काठमाडौ महानगरपालिकाको वित्तिय सहयोगमा नेवाः देय दबु केन्द्रीय समितिको आयोजना र नेपाल भाषा मंका खल, नेपाल संबत् न्हुँ दँ राष्ट्रिय समारोह समिति, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान थिमी, नेपालभाषा मंका खलः यल, यल नेवाः समाजस, यल र विराट नेपालभाषा साहित्य सम्मलन गुठी ख्वप लगायतका नेपाल सम्वत् अभियानमा लागेका संघ संस्थाहरुको साझेदारी सहयोग अनी संयोजनमा भएको उक्त गोष्ठीमा नेपालका २३ जिल्लाबाट प्रतिनिधित्व भएको थियो ।

नेवाः देय दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षता गर्दै नेपाल संबतको स्थापना, यसको विशेषता र महत्वबारे प्रकाश पार्दै गोष्ठीको उदघाटन गर्नु भयो ।
गोष्ठीमा नेपाल सम्वत् अभियानमा शुरुदेखि लागिरहनु भएका मल्ल के सुन्दरले पुस्तकको रुपमा आफूले छोटो समयमा तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै संस्थापक शंखधर साख्वा र नेपाल संवतको बारेमा विभिन्न कोणबाट यसको विस्तृत व्याख्या गर्दै यसबारे आजको गोष्ठीमा गम्भीर छलफल गरी बुँदागत रुपमा हामीले अपनाउनु पर्ने कदमहरुको पहिचान गर्न अनुरोध गर्नु भयो ।
गोष्ष्ठीमा नेपाल सम्वत् अभियानमा निरन्तर लागिरहनु भएका प्रा.डां नरेशमान बज्राचार्य, ज्ञानराम श्रेष्ठले पनि नेपाल सम्वत् र यसको संस्थापक शंखधर साख्वाको बारेमा बोल्नु भएको थियो ।
यसरी नेपाल सम्वत् नेपाली जनताको आफ्नै मौलिक सम्वत् भएको र यसलाई संस्थागत गर्ने कार्यमा सहयोग नेवार जातीले गर्दे आएको कारणले यस सम्वत् प्रयोग गर्न र लागू गर्न पनी नेवार जाती अग्रसर भएको कारणले जिम्मेवारी बढेको हो भन्ने निष्कर्श निकालिएको थियो ।
अव कसरी लागू गर्न सहयोग गर्ने यसबारेमा गम्भिर भएर लाग्नु पर्ने निचोड निकालिएको छ ।