११ जेष्ठ, बाँपिझ्याला, काठमाण्डौं । काठमाण्डौं महानगरपालीकाको वित्तिय सहयोगमा नेवाः देय् दवुको आयोजनामा संस्थाका पदाधिकारी तथा सदस्यहरुको विचमा नेपाल भाषा र संस्थागत विकास, क्षमता अभिबृद्धि तालिम संचालन गरिएको छ । यसै गरी गएको महिनामा नेवाः देय् दवुको आयोजनामा नेपाल भाषा प्रशिक्षण सम्पन्न भईसकेको छ ।
यसै गरी आज र भोली नेवाः देय् दवुका जिल्लादेखि केन्द्रसम्मका पदाधिकारी तथा सदस्यहरुको विचमा संस्था संचालन, क्षमता अभिबृद्धी र नेतृत्व विकास तालिम शुरु गरीएको छ । जसको पहिलो दिन आज दिउँसो ३ बजेबाट शुरु भएको छ ।
नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्यको सभापतीत्वमा शुरु भएको उक्त उद्घाटन कार्यक्रममा नेवाः देय् दवुका पूर्व अध्यक्ष एवं संरक्षक मल्ल के सुन्दर, निवर्तमान अध्यक्ष एवं संरक्षक नरेश ताम्राकार, संघिय प्रतिनिधी सभा सासंद सुर्यकुमारी श्रेष्ठ दैलेख, प्रशिक्षक हिम्मत सिंह लेकाली लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
यस तालिममा भाग लिन नेपाल राज्यभरीका ८० जनाभन्दा बढी सदस्यहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको पहिलो सत्रमा उपस्थित महानुभावहरुलाई दवुका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी कार्यक्रम संचालन महासचिव सत्यनारायण डंगोलले गर्नु भएको थियो ।
कार्यक्रमको समापन गर्ने सिलसिलामा दवुका अध्यक्ष एवं कार्यक्रमका सभापती पवित्र बज्राचार्यले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै आजदेखि भोलीसम्म संचालन हुने संस्था संचालन, क्षमता अभिबृद्धि र नेतृत्व विकास तालिममा ध्यान दिएर सहभागी हुन आग्रह गर्नु भयो ।
यसै गरी आफुले सिकेका कुराहरुलाई नेवाः देय् दवुका जिल्ला र वडासम्म पनी लागु गरी दवुलाई अगाडी बढ्न सहयोग हुने कुरामा आफु विश्वस्त रहेको भनाई राख्नु हुर्दै विशेषतः काठमाण्डौं महानगरपालीलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनी यसै अनुसारको कार्यक्रम संचालन गर्न दवु आशातित रहेको बताउनु भयो ।
त्यसै गरी दोश्रो सत्रमा नेवाः देय् दवुका पुर्व अध्यक्ष एवं संरक्षक मल्ल के सुन्दरले संस्था र संस्थागत विकासको बारेमा बताउनु भयो । निवर्तमान अध्यक्ष एव. संरक्षक नरेश ताम्राकारले संस्थाको सांगठनीक संरचनाको बारेमा जानकारी दिनु भयो ।
प्रशिक्षण तालिममा प्रशिक्षक हिम्मतसिंह लेकालीले नेवारहरु संगठित कसरी हुने भन्ने शिर्षकमा प्रशिक्षण दिनु भएको थियो । यसरी प्रशिक्षणको क्रममा मत एक मत भिन्न कसरी हुन्छ ? यसमा कस्को कती दोष अनी भूमीका हुन्छ ? यसलाई कसरी कम गर्न सकिन्छ ? यसको लागि हामीले के गर्नु हुन्छ ? के गर्नु हुदैन र हाम्रो जातिय पहिचान र संस्कृती अनी नेपाल भाषालाई कसरी संरक्षण गर्न सक्छौ भन्ने बारेमा पाउर प्वाईन्टबाट प्रस्तुतीकरण गर्नु भएको थियो ।
अन्तमा भोली विहान ८ बजेदेखि कार्यक्रम शुरु गरीने जानकारी दिर्दे महासचिव सत्यनारायण डंगोलले अध्यक्ष पवित्र बज्राचार्यलाई कार्यक्रम समापनको लागि आग्रह गर्नु भए पश्चात कार्यक्रम समापन गरिएको थियो ।