Search

प्रेम–पूर्ण–प्रताप फाउण्डेसनको पाचौं वार्षिक साधारणसभा सम्पन्न

प्रेम–पूर्ण–प्रताप फाउण्डेसनको पाचौं वार्षिक साधारणसभा सम्पन्न

११ जेष्ठ, बाँपिझ्याला, काठमाण्डौं । प्रेम–पूर्ण–प्रताप फाउण्डेसन नामक सामाजिक संस्था आजको मितिले पाँचौं वर्ष पूरा भएर छैठौं वर्षमा लागेका सुखद अवसरमा वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएकाखबर प्राप्त भएको छ ।

अध्यक्ष शान्तिदेवी श्रेष्ठको सभापतित्वमा भएको आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा वरिष्ठ सामाजिक अभियन्ता योगराज दाहाल रहेका थिए । विशिष्ट अतिथिको रूपमा द्वाल्खा नेपाल भाषाका प्रारम्भिक अध्यक्ष एवम् सामाजिक अभियन्ता इन्जिनियर नहेन्द्र प्रधान थिए । समकालीन एकता समाजकी अध्यक्ष सकुना श्रेष्ठ, द्वाल्खा म्यासमुचा खलककी अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ थिए ।

अतिथिमा द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, उर्जाशील महिला समाजकी अध्यक्ष अञ्जु श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधान, दोलखाली साहित्यकार अमरकुमार प्रधान, काठमाडौं महानगरपालिका वडा नं. २ की स्वास्थ्य स्वयंसेविका संयोजक कल्पना श्रेष्ठ महर्जन थिए । त्यसैगरी व्यवसायी निरञ्जन श्रेष्ठ, अनिल श्रेष्ठ, व्यवस्थापन सहयोगी, राष्ट्रिय खेलाडी संघको तर्फबाट ईश्वर कार्की, बाल सचेतना केन्द्रका अध्यक्ष बाबुराम फुयाल रहेका थिए ।

प्रेम–पूर्ण–प्रतापकी अध्यक्षता ग्रहण गर्नु अगाडि अध्यक्ष शान्तिदेवी श्रेष्ठले संस्थाका पाँचौं साधारण सभा सँगसंगै संरक्षक पद्मा प्रधानको सोही दिन जन्मदिन पनि परेको जानकारी गराउँदै शुभकामना सहित संस्थाले गरेको विभिन्न क्रियाकलाप र गतिविधिबारे विवरण प्रस्तुत गरेकी थिइन् । सो समारोहमा उपस्थित जनाउने प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूण अतिथिहरूलाई स्वागत गर्दै संस्थाकी उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

प्रमुख अतिथि लगायत विशिष्ट अतिथिको आसन ग्रहण पश्चात् प्रमुख अतिथि योगराज दाहालले कार्यक्रमको उद्घाटन गरका थिए । यसपछि प्रेमपूर्ण प्रतापका सल्लाहकार बालकृष्ण श्रेष्ठले संस्थाकी संरक्षक पद्मा प्रधानको अतीत र वर्तमानको प्रसङ्गलाई जोडेर उनले गरेको सामाजिक कार्यको बारेमा जानकारी गराएको थियो ।

नेपाल भाषाका अध्यक्ष इन्जिनियर नहेन्द्र प्रधानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शुभकामना मन्तव्यकै क्रममा समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, अधिवक्ता प्रवीण प्रधान, द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के, व्यवसायी निरञ्जनलाल श्रेष्ठ, दोलखाली साहित्यकार अमर प्रधान लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए । पद्मा प्रधानको सामाजिक सेवाको भावनासँग आफू अत्यन्तै उत्साहित भएको जनाउँदै पद्मा प्रधान निडर, हक्की र वास्तविकतासँग समन्वय गरेर दीन दुःखीलाई सहयोग दिन हरतरहले लागिरहेको कुरा प्रमुख अतिथि दाहालले आफ्नो मन्तव्यमा व्यक्त गरको थिए ।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न व्यक्तित्वहरूलाई प्रमुख अतिथि योगराज दाहालबाट दोसल्ला ओढाई सम्मान व्यक्त गरेका थिए । द्वाल्खा नेपाल भाषाको स्थायीत्वको लागि शुरुआती कदम चाल्ने व्यक्ति नहेन्द्र प्रधान, दोलखाली संघ संस्था मार्फत र व्यक्तिगत रूपमा सामाजिक सेवा गर्ने समकालीन एकता समाज नेपालकी अध्यक्ष एवमु नवगायिका सकुना श्रेष्ठलाई पति सम्मान गरिएको थियो ।

विगत लामो समयदेखि जुनसुकै परिस्थितिमा सामाजिक सेवा गर्ने दोलखाली चेलीहरूको संस्था द्वाल्खा म्यासमुचा खलककी अध्यक्ष विश्वलक्ष्मी श्रेष्ठ, कानुनी सहायता परियोजना सञ्चालन गरी असहायलाई कानुनी सेवा पुर्याउने अधिवक्ता प्रवीण प्रधान, दोलखाको गुठी र साँस्कृतिक पक्षलाई निरन्तरता दिने समाजसेवी प्रकाश श्रेष्ठ, लामै समयदेखि अनवरत स्वास्थ्य सेवामा लागेकी स्वयंसेविका संयोजक कल्पना श्रेष्ठ, संगीतकार एवम् रिकर्डिङ् स्टुडियोका प्रबन्धक मनोज डंगोल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम सञ्चालन सोही संस्थाकी महासचिव हिरा थामीले गरेकी थिइन् । उनैले संस्थाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । अन्तमा अध्यक्ष शान्ति श्रेष्ठले सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको जानकारी गराएकी थिइन् ।

बालकृष्ण श्रेष्ठ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!