ने.सं. ११४४ बछलाथ्व पुन्हि तिथि, १० बैशाख ०८१ दोलखा । हिन्दू र बौद्ध धर्मको समान दृष्टिकोणमा रहेको परम्पराको प्राचीन शहर दोलखामा विं.सं. २०८१ सालको बुद्ध जयन्ती विशेष तामझामका साथ सम्पन्न भएको छ । दुई वर्ष अगाडि स्थापना गरिएको दोलखाको पद्मवर्ण महाविहार पालचुटिमा यसवर्षको २५६८ औँ बुद्ध जयन्ती समारोह विभिन्न कार्यक्रम गरी मनाएको सुखद खबर प्राप्त भएको छ ।
२५६८ औं बुद्ध जयन्तकिो अवसरमा यसवर्ष भीमेशवर नगरापालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको संयोजकत्वमा तीन दिन अगाडिदेखि विविध कार्यक्रम गरिएको छ । बैशाख पूर्णिमाको दिनमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा बुद्ध जयन्ती विशेष उत्साहका साथ मनाइएको छ ।
बैशाख पूर्णिमाको दिन बिहानैदेखि पद्मवर्ण महाविहारको प्रांगणबाटै बुद्धको प्रतिमा सहित ¥यालीको आयोजना भएको थियो । सोही क्रममा र्याली दोलखाको मुख्य बजार स्वयम्भू, भीमेश्वर मािदर, त्रिपुरा सुन्दरी, दुंगल हुँदै राजकुलेश्वरबाट दोलखाको प्रारम्भिक देवस्थल गाण्ेश मन्दिर परिक्रमा गरी पुन कार्यक्रमस्थल पालचुटी पुगेर बुद्धको पूजापाठ र आराधना गरी बुद्धको विषयमा प्रवचन समेत रहेको थियो । बुद्ध प्रवचनको क्रममा लामा गुरु लोेपेन नाम्गेल छिरिङले बुद्ध धर्म र बुद्ध जयन्तीको विषयमा व्याख्या गरेका थिए । यस्तै सोही समारोहमा बौद्ध धर्मका प्रवद्र्धक तथा ज्ञाता केशवमान शाक्यले बुद्धको जीवनी विषयमा प्रशिक्षण दिएका थिए ।
बुद्ध जयन्तीकै अवसरमा अघिल्लो दिन पद्मवर्ण महाविहारले गतसाल झैं यसवर्ष पनि स्थानीय विद्यार्थीहरू माझ वक्तृत्वकलाको प्रतियोगात्मक कार्यक्रमको आयोजना गरेका थिए । सो वक्तृत्वकलाको संयोजन भने पद्मवर्ण महाविहारका संस्थापक एवम् संरक्षक डा. सुनिल मास्केले गरेका थिए । यसभन्दा पहिले बुधबारको दिन साँझ सो विहार प्रवद्र्धनको मूल समारोह समितिको तत्वावधानमा दीप प्रज्वलनको कार्यक्रम उत्साहपूर्वक सम्पन्न गरेका छन् ।
स्मरण रहोस् दोलखा शहरमा बुद्ध धर्म संग सम्बन्धित ठूला ठूला स्तूपा पाँचवटा रहेका छन् र साना दुइवटा रहेका छन् । गत वर्षको बुद्ध जयन्तीको अवसरमा अघिल्लो दिन शान्तिदीप प्रज्वलन गरी दोलखा शहरका साना ठूला सबै स्तुपा र चैत्य परिक्रमा गरेका थिए । दोलखा शहर भित्र इतिहासकालीन समय देखि नै बिहार, बहिल (बहिर) र बहाल (बाहार) नामका टोलहरू रहेका छन् । यसको मूल स्रोतको आधार नै शताब्दी पहिले देखि नै दोलखामा बुद्ध धर्म र बुद्धसँग सम्बन्धित विषयवस्तु जिवन्त रहेको बुझ्न सकिन्छ ।
दोलखामा ‘चौंला नखत’को रूपमा ‘बुग्द्यउ’ (जसलाई मच्छिन्द्रनाथ, करुणामय माँ र आर्यावलोकितेश्वर पनि भन्ने गरिन्छ)को रथ जात्रा पनि गरिन्छ । यसलाई पनि बुद्ध धर्मसंगै समाहित गरेको कथन जिवन्त छ । अहिले बनेका पद्म वण्र्न महा विहारले दोलखाको प्राचीन इतिहास ब्यूँताएको मान्न सकिन्छ । यस विहारलाई स्थापना गरी बुद्धधर्मलाई जागरुक बनाउन अन्तर हृदयदेखि समर्पित मन भएका डा. सुनिल मास्केलाई हार्दिक नमन छ ।
बालकृष्ण श्रेष्ठ